• २०८३ बैशाख १४ गते सोमवार

काँग्रेस विशेष महाधिवेशन: प्रतिनिधिको दर्ता शुरु, १० बजेदेखि बन्दसत्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २८, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिन आज प्रतिनिधिहरुको नाम दर्ता शुरु भएको छ । विशेष महाधिवेशन आयोजक समितिको सचिवालयले बिहान ८ बजेदेखि प्रतिनिधिहरुको नाम दर्ता शुरु भएको जनाएको छ ।

यसअघि पहिलो दिन आइतबार २६६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका थिए । नेपाली काँग्रेसका कुल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि रहेकाछन् । दोस्रो दिन आज बन्दसत्र भने बिहान १० बजेदेखि शुरु हुने छ । बहुमत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भएपछि नेपाली काँग्रेसको नेतृत्व परिवर्तन हुने संकेत देखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस