• २०८३ बैशाख १९ गते शनिवार

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनाको सम्मान नभएपछि विशेष महाधिवेशनमा आयौं- पुष्पा भुसाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले काँग्रेसलाई कमजोर हुन नदिन आफुहरु विशेष महाधिवेशनमा सहभागी भएको बताएकी छन् । विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेतृ भुसालले आफुहरुले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनालाई सम्मान गर्न नेताहरु र नेतृत्वलाई घर घरमा पुगेर आग्रह गरेपनि सफल हुन नसकेपनि आफूसहित ३० केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी भएको बताएकी छन् ।

उनले विशेष महाधिवेशनले पार्टीमा गुटको अन्त्य गर्नुपर्ने बताउदै अब चुनावमा गठबन्धन नगर्ने काँग्रेस बनाउनुपर्ने बताएकी छन् । उनले आफुहरुसहित २० जना संस्थापन केन्द्रिय सदस्यहरु विशेष महाधिवेशनको पक्षमा प्रतिबद्धत भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस