पौष २७, काठमाडौं । नेपाली काँग्रेसका पुर्वउपसभापति गोपालमान श्रेष्ठले अब पार्टीको नेतृत्व युवाहरुलाई दिनुपर्ने बताए । विशेष महाधिवेशनलाई सम्बोधन गर्दै श्रेष्ठले विधि र विधानअनुसार अगाडी बढ्न दिनुपर्ने र विशेष महाधिवेशनले गर्ने निर्णय कार्यान्वयन हुनुपर्ने बताए ।

उनले भने- देशको स्थिति अत्यन्त जटिल भएको बताउदै श्रेष्ठले पार्टीभन्दा माथि उठेर राष्ट्रियतालाई बचाउन लाग्नुपर्ने बताए । उनले भने- देश रहेन भने कोसँग शासन गर्ने, इतिहासको ब्याज मात्र खाएर अब देश चल्दैन । पुस्ता बदलिएको छ र अब नयाँ युवालाई अगाडी सार्नुपर्छ ।’
नेपाली काँग्रेस कमजोर भयो भने देशको लोकतन्त्र कमजोर हुने बताउदै पार्टीको लागि सबैले त्याग गर्न सक्नुपर्ने बताए ।