• २०८३ जेष्ठ ७ गते बिहिवार

उज्यालोसँग एकता भंगपछि रास्वपाले गर्यो आयोगमा समानुपातिक सूची अध्यावधिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन आयोगमा यसअघि बुझाएको समानुपातिक सूचीलाई अध्यावधिक गरेको छ । प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आइतबार बिहान आयोग पुगेर बन्दसूची अद्यावधि गरेको हो ।

उज्यालो नेपाल पार्टीसँग एकता भंग भएपछि रास्वपाले समानुपातिक सूची अध्यावधिक गरेको छ । प्रवक्ता झाले भनेका छन्- ‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूचि आज बिहान निर्वाचन आयोगमा बुझाइएको छ ।’रास्वपाले यसअघि निर्वाचन आयोगमा बुझाएको सूचीमा उज्यालोका १४ जना उम्मेदवार समावेश थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस