• २०८३ जेष्ठ ३ गते आइतवार

मन्डलामा कविता कन्सर्ट हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
पुष २२, काठमाडौँ ।     आगामी माघ १ गते मण्डला थिएटरमा कविता कन्सर्ट हुँदैछ । ‘बजारका कविता’ शीर्षकमा हुन लागेको कन्र्सट रङ्गकर्मी एवं कवि अनुप न्यौपानेले आयोजना गर्न लाग्नुभएको हो । दुई वर्ष पहिले पनि अनुपले कविता कन्र्सट गर्नुभएको थियो ।
कन्सर्टमा अनुपले आफ्ना कविता वाचन गर्नुहुने र मेलिना राई, विराज बास्कोटा, समीर भट्टराईको कलात्मक प्रस्तुति रहने जनाइएको छ । अनुपले वाचन गर्ने कवितालाई सङ्गीत भरेर रोचक बनाइने छ । जसमा सङ्गीततर्फ सौरभ चालिसे, सुदीप खतिवडा, रचना घिसिङ र निकोल्सन महर्जनले सहयोग गर्नुहुने कवि न्यौपानेले जानकारी दिनुभयो ।
न्यौपाने कविसँगै रङ्गकर्मीसमेत हुनुहुन्छ । उहाँले ‘सिरुमारानी’, ‘क्याफे’, ‘वैतर्णी’, ‘एन्टिगोनी’, ‘सलेदो’लगायतका  नाटकहरुमा अभिनय र ‘कथा एक’,  ‘सिरुमारानी’ जस्ता नाटकको निर्देशन गरिसक्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस