• २०८३ असार ७ गते आइतवार

ओलीलाई जाँचबुझ आयोगले काट्यो बयानका लागि पत्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २०,  काठमाडौँ ।    भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काटेको छ । आयोगले तत्कालिन प्रधानमन्त्री समेत रहेका ओलीलाई आइतबार पत्र काटेको हो ।

अध्यक्ष ओलीले जाँचबुझ आयोगलाई बयान नदिने अडान लिँदै आएका छन् । आयोगले ओलीको निवासमै गएर बयान लिन सक्ने समेत बताइएको छ तर आयोगले यसको पुष्टि गरेको छैन ।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ र उनको स्थानहद समेत फुकुवा गरिसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस