कात्तिक २५, धरान । धरानमा नेकपाको युवा परिचालन तथा स्वयंसेवक प्रशिक्षण भेला सम्पन्न भएको छ । नेकपाका सुनसरी इन्चार्ज धर्म निरौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपाका प्रदेश सदस्य मुक्सामहाङ मेन्याङ्बो, अइन्द्रविक्रम बेघा लगायतको उपस्थिति थियो ।
राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य हरि लिम्बूको अध्यक्षतामा भएको प्रशिक्षण भेलामा साङ्गीतक कार्यक्रमहरू पनि प्रस्तुत भए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि निरौलाले युवाकै कारण परिवर्तन सम्भव भएको बताउँदै युवाहरु उपनिर्वाचन केन्द्रित भई नेकपालाई जिताउन आग्रह गरे । कार्यक्रममा प्रशिक्षण मन्तव्य राख्दै नेकपाका प्रदेश सदस्य मुक्साहाङ मेन्याङ्वोले स्व. मेयर तारा सुब्बाको अधूरो सपना पूरा गर्न पनि नेकपाको तर्फबाट प्रकाश राईलाई जिताउन आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस निकट तरुण दल धरान उपमहानगर समितिका सदस्य रहेका सुवास राईको नेतृत्वमा सयबढी युवा नेकपामा प्रवेश गरेका थिए । नेताहरूले उनीहरूलाई अविर लगाउँदै स्वागत गरेका थिए । युवा नेता सुवास राई र मिलन चाम्लिङको पहलमा युवाहरू नेकपामा आएका हुन् ।





http://www.hamrokoshiawaz.com







