• २०८३ जेष्ठ ६ गते बुधवार

  रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १९, काठमाडौं ।    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।  रास्वपाले आइतबार दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेगरि केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठकमा पार्टी समायोजन, बिस्तार एवं सुदृढीकरण बारे छलफल र निर्णय लिइने एजेण्डा रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । रास्वपाले बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गरेको छ । जस अनुसार कुलमान घिसिङलाई सभापति रवि लामिछानेपछिको वरियता दिदै उपसभापति दिइएको छ भने बालेन शाह पक्षका केहि नेतालाई पदाधिकारीमा ल्याइने तयारी भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस