• २०८३ असार ७ गते आइतवार

कर्णाली महिला सम्मेलनबाट आठ बुँदे घोषणापत्र जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
पौष ९, काठमाडौं ।   कर्णाली प्रदेशमा दुईदिनसम्म सञ्चालन भएको महिला सम्मेलनले आठ बँुदे सुर्खेत घोषणापत्र जारी गरेको छ । अक्सफामको सहयोगमा सीमान्तकृत महिलाका लागि महिला संस्था (वाम) सुर्खेतले यही पुस ७ र ८ गते सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय दुई दिने सम्मेलनले दश बुँदे सुर्खेत घोषणापत्र जारी गरेको हो ।
लैङ्गिक उत्तरदायी शासन प्रणाली स्थापना, विकास प्रक्रियामा लैङ्गिक समावेशिता सुनिश्चित तथा महिलामाथि हुने सबै प्रकारका हिंसा र भेद्भाव अन्त्यका सम्मेलनबाट आठ बुँदे घोषणापत्र जारी गर्दै नीतिगत सुधारका लागि सिफारिस गरिएको छ । वीरेन्द्रनगरमा सम्पन्न सम्मेलनमा कर्णालीका १० वटै जिल्लाबाट सहभागी महिला जनप्रतिनिधि, महिला अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा किशोरीहरूले साझा प्रतिबद्धता व्यक्त गर्दै घोषणापत्र सार्वजनिक गरिएको वाम सुर्खेतका कार्यकारी निर्देशक मधुरानी ढकालले जानकारी दिनुभयो ।
सम्मेलनले नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको लैङ्गिक समानता र सामाजिक न्यायलाई व्यवहारमा उतार्न सङ्घ, प्रदेश तथा स्थानीय सरकारलाई पूर्ण रूपमा उत्तरदायी बन्न आह्वान गरेको छ । नीति, योजना, बजेट निर्माण र सेवा प्रवाहमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित नगरी लैङ्गिक उत्तरदायी शासन सम्भव नहुने निष्कर्ष सम्मेलनले निकालेको छ ।
सो सम्मेलनमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले महिला तथा पछाडी पारिएका वर्गहरुलाई समान अवसर दिन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले वीरेन्द्रनगर नगरपालिकाले लैङ्गिक समानता कायम हुनेगरी नीतिगत व्यवस्था गरेको उल्लेख गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस