• २०८३ जेष्ठ ३१ गते आइतवार

लिबियाका सेना प्रमुखको टर्कीमा हवाई दुर्घटनामा मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ९, काठमाडौं ।   लिबियाका सेना प्रमुखको टर्कीमा भएको हवाई दुर्घटनामा मृत्यु भएको छ ।मंगलबार साँझ टर्कीको राजधानी अंकाराबाट उडेको फाल्कन ५० विमानमा जनरल मोहम्मद अली अहमद अल-हद्दाद र अन्य चार जना सवार थिए ।

टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायले स्थानीय समय अनुसार २०:५२ बजे व्यापारिक जेटले संकेत गुमाएको र त्रिपोलीका लागि उडेको जेटले सम्पर्क विच्छेद हुनुअघि आपतकालीन अवतरण अनुरोध गरेको बताएका छन् । विमानको भग्नावशेष अंकाराको दक्षिणपश्चिममा फेला परेको थियो । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस