• २०८३ जेष्ठ ४ गते सोमवार

सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं ।  नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको २२ सयले बढेर तोलाको २ लाख ५८ हजार ८ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि गत असोज ३१ गते सुनको २ लाख ५८ हजार प्रतितोलामा कारोबार भएको थियो । त्यस्तै शुक्रबार सुन तोलाको २ लाख ५६ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८० रुपैयाँले घटेर ३८२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३९०५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस