• २०८३ मङ्सिर ५ गते शुक्रवार

सभामुख घिमिरेद्वार एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल प्रिमियर लिग (एनपिएल) का विजेता लुम्बिनी लायन्सलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल मार्फत उनले खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि उपविजेता, सम्पूर्ण टिम, खेलाडी, प्रशिक्षक, आयोजक र खेलप्रेमी सबैलाई विशेष धन्यवाद दिए ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि चुमेको हो ।

सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले नवौँ ओभरको अन्तिम बलमा चार विकेटको क्षतिमा पूरा गर्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस