• २०८३ जेष्ठ १९ गते मङ्गलवार

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौं ।  नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’ गोदाममा आगलागी भएको छ अकबर अलीले सञ्चालन गरेको कस्मेटिक सामानको गोदाम अजाज सप्लायर्समा आज बेलुका आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको बताउनुभयो । आगलागीको कारण पहिचान गर्न अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस