मंसिर १८, काठमाडौं । नेपालमा जेसीबीको अधिकृत वितरक एमएडब्ल्यू अर्थमुभर्स प्रालिले सन् २०२० र त्यसअघि बिक्री भएका सबै जेसीबी मेसिनका लागि ‘नेसनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको छ । २० नोभेम्बर देखि ३१ डिसेम्बरसम्म सञ्चालन हुने यस अभियानले पुराना मेसिनलाई सुरक्षित, भरपर्दो र राम्रो अवस्थामा राख्न ग्राहकलाई सहयोग गर्ने कम्पनीको दाबी छ ।

अभियानअन्तर्गत जेसीबी प्रयोगकर्ताले तालिमप्राप्त जेसीबी प्राविधिकबाट आफ्नो मेसिनको निःशुल्क ‘हेल्थ चेकअप’ गराउन सक्नेछन् । यसबाट मेसिनमा हुन सक्ने समस्या पहिचान गर्न मद्दत गर्ने र मेसिनको राम्रो प्रदर्शन पनि सुनिश्चित गर्नेछ ।
साथै, ग्राहकलाई थप सुविधा दिन कम्पनीले जेन्युइन जेसीबी लुब्रिकेन्ट र स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अथराइज्ड जेसीबी वर्कसपमा सर्भिस तथा मर्मतमा २० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।
यो अभियान धनगढी, सुर्खेत, नेपालगन्ज, दाङ, बुटवल, चितवन, काठमाडौं, पोखरा, वीरगन्ज, जनकपुर, इटहरी र बिर्तामोडमा रहेका नेपालका १२ वटा जेसीबी शाखामा लागू हुने कम्पनीले जनाएको छ ।