• २०८३ जेष्ठ १८ गते सोमवार

एमाले महाधिवेशनको उद्घाटन सत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन् । एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ ।

पार्टीको महाधिवेशनका लागि गठित स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले उद्घाटनको खुला सत्रमा उल्लेख्य जनसहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने व्यवस्था गरिएको बताए ।

संयोजक ढकालका अनुसार महाधिवेशनको बन्दसत्रमा करिब ५०० स्वयंसेवक हुनेछन् । ती स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंठन र विभिन्न कमिटीबाट माग गरिएको हो ।

एमालेले हालै गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभीएफ)ले पनि स्वयंसेवाको समन्वय गर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस