• २०८३ असार ८ गते सोमवार

क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं ।   नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।

पोखरा र भैरहवास्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले लोकपथलाई जानकारी दिएको छ ।

विमानस्थल निर्माणमा ठूलो चलखेल भएको र त्यसमा अधिकारीको संलग्नता रहेको आरोप लाग्दै आइरहेको छ । त्यस्तै अख्तियारले उनीमाथिविरुद्ध विशेष अदालतमा समेत मुद्दा दायर गर्ने तयारी गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस