• २०८३ बैशाख २३ गते बुधवार

लुम्बिनी लायन्सका खेलाडी निरोशन कारबाहीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं ।  लुम्बिनी लायन्सका खेलाडी निरोशन दिकवेल्ला कारबाहीमा परेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पोखरा एभेन्जर्सविरूद्धको खेलमा उनले लेभल–१ आचारसंहितासम्बन्धी अनुशासन उल्लङ्घन गरेपछि कारबाही गरिएको हो ।

उक्त खेलका क्रममा अम्पायरले दिएको लेग विफोर विकेट (एलबिडब्ल्यु)को निर्णयमा असहमति जनाएकामा निरोशनलाई कारबाही गरिएको जनाइएको छ । अम्पायरले पोखराका खेलाडीलाई नटआउट दिएपछि उनले अम्पायरलाई आफ्नो पञ्जा देखाए देखाएका थिए ।

डिकवेलाले आरोप स्वीकार गरेको र पाँच प्रतिशत म्याच शुल्क कटौती र एक डिमेरिट प्वाइन्ट प्राप्त गरेका छन् । यसअघि चितवन राइनोजका बलर रिजन ढकाल पनि कारबाहीमा परेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस