मंसिर १४, काठमाडौं । विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकीकरणमा सामेल नहुने भएका छन् । आज रास्वपा र विवेकशील साझाबीच हुन लागेको एकता अघि पाण्डेले आफु एकतामा सामेल नभएको बताएका हुन् । उनले एकतामा जुटेका सबैलाई शुभकामना दिदै आफु एकीकरणमा सामेल नभएको र नयाँ तरिकाले राजनीतिक यात्रा शुरु गर्ने बताएका छन् ।
उनले भनेका छन्- ‘ विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ । म यो एकीकरणमा सामेल छैन । अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु । त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु । आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ । विवेकशील पनि ‘स्वतन्त्र’ भयो :)’