• २०८३ कार्तिक २० गते बिहिवार

फेरी सर्यो काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, काठमाडौं ।  नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरी सरेको छ । आइतबार दिउसो २ बजे बस्ने भनिएको केन्द्रीय समितिको बैठक अब सोमबारसम्मका लागि सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

महाधिवेशन बारेको विवादका कारण असोज २८ देखि जारी काँग्रेसको केन्द्रीय समितिको बैठक अहिलेसम्म अनिर्णित रहेको छ र पटक पटक बैठक सरिरहेको छ ।

हाल सभापति शेरबहादुर देउवाले आफ्नो सक्रियता बढाएपछि सहमति उन्मुख रहेको भनिएपनि फेरी बैठक सारिएको छ । बैठक सोमबार दिउसो २ बजे बस्ने गरि सारिएको पौडेलले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस