• २०८३ असोज २२ गते बिहिवार

 एकैदिन २२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेसँगै सुनको मूल्य २ लाख ५० हजार नाघेको हो ।

महासंघकाअनुसार बिहीबार प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको छ । आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ ।

चाँदी प्रतितोला आज ६५ रुपैयाँले बढेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार ३ हजार ३४५ रुपैयाँ कायम भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस