• २०८३ मङ्सिर १० गते बुधवार

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
मंसिर १०, काठमाडौं । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन् ।
राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले राससलाई जानकारी दिनुभयो । यसअघि जिल्लामा एक लाख ५४ हजार २१६ जना मतदाताले परिचयपत्र बनाएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस