• २०८३ जेष्ठ २१ गते बिहिवार

एमालेले महाधिवेशनको उद्घाटन सभा भक्तपुरको सल्लाघारीमा गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०, काठमाडौं ।  नेकपा (एमाले) ले महाधिवेशन उद्घाटन स्थल सार्नेगरी छलफल अघि बढाएको छ । एमालेको ११ औँ महाधिवेशन यही मंसिर २७, २८, २९ गते हुँदैछ । टुँडिखेलको खुलामञ्च वा भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन कार्यक्रम राख्ने तयारी गरिरहेको एमालेले पछिल्ला दिनमा भक्तपुरको सल्लाघारीमा गर्नेगरी छलफल अघि बढाएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘हामीले ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी चौरमा गर्नेगरी तयारी गरिरहेका छौँ ।’ उनले टुँडिखेलको खुलामञ्च, भृकुटीमण्डप र सल्लाघारीको विकल्पमा छलफल अघि बढाइएकोमा आज बुधबारबाट भक्तपुरको सल्लाघारीको पक्षमा पल्लाभारी भएको पनि बताए । उद्घाटन सल्लाघारीमा गरिए पनि बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमै हुने पनि उनले बताए ।

उनले काठमाडौंमा सवारी चाप, मानिसहरूको आवतजावत आदिलाई ध्यानमा राखेर उद्घाटनस्थल परिवर्तन गर्न लागिएका बताए ।

एमालेको बुधबार बसेको महाधिवेशन सचिवालयको बैठकमा पनि महाधिवेशन स्थलबारे छलफल भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस