• २०८३ बैशाख २८ गते सोमवार

जनकपुरधाममा बृहत स्वास्थ्य शिविर

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
  काठमाडौँ, ८ मङ्सिर। रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा नेपाली सेनाले जनकपुरधामस्थित बारबिघामा तीनदिने बृहत स्वास्थ्य शिविर आयोजना गरेको छ । उक्त शिविरको आज मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उद्घाटन गर्नुभएको छ । तीन दिनसम्म सञ्चालन हुने शिविरमा बाल रोग, फिजियो थेरापी, हाडजोर्नी, छाला रोग, नाक कान र घाँटी, स्त्री रोग र आँखासम्बन्धी मोतिया बिन्दुको उपचार हुने नेपाली सेना शिविर व्यवस्थापन समितिले जनाएको छ ।
शिविरमा निःशुल्क र शल्यक्रिया गरिने बताइएको छ । शिविरमा नेपाली सेनाका चार जना चिकित्सक काठमाडौँबाट र अन्य स्वास्थ्यकर्मी जनकपुर प्रदेशिक अस्पतालबाट खटिएका छन् । प्रदेश प्रमुख कर्णर्ल श्री मध्यपूर्वी पृतना बर्दिवासअन्तर्गत युनिटहरुको संयोजनमा आयोजित शिविरबाट धेरै स्थानीयले लाभ लिने बताउनुभयो ।
मध्य पूर्वि पृतना बर्दिवासका पृतनापति एव उपरथी कृष्णबहादुर जिसीले रामजानकी विवाहपञ्चमी मधेस प्रदेश मात्र नभइ नेपालकै ठूलो उत्सवको रुपमा रहेको बताउनुभयो ।
त्यस अवसरमा मधेस प्रदेश सरकारका मन्त्रीहरु लखन दास, कन्चन विच्छा, बृहतर जनकपुर क्षेत्र विकास समितका अध्यक्ष शीतल साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित उच्च सुरक्षा अधिकारीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायी, नागरिक समाज र आमनागरिकको सहभागी रहनुभएको श्री विष्णु दल गण धनुषा महेन्द्रनगरका गणपति खिलेन्द्रराज अमगाईंले जानकारी दिनुभयो ।
तीन दिनसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा स्वास्थ्य उपचारका साथै नेपाली सेनाको फोटो प्रदर्शनी, राष्ट्रिय सेवा दलसम्बन्धी जानकारीमूलक प्रदर्शनी, नेपाली सेनाको भर्ना र छनौटसम्बन्धी जानकारीमूलक प्रदर्शनी, सर्पदंशको उपचारसम्बन्धी प्रदर्शनीसमेत राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस