• २०८३ जेष्ठ २० गते बुधवार

भिमार्जुन आचार्यको प्रश्न- नेताहरूलाई आफ्ना सभामा जान रोकेर कसरी चुनाव हुन्छ ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, काठमाडौं ।  संबिधानविद डा. भिमार्जुन आचार्य नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लगाएर कसरी चुनाव हुन्छ भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै आचार्यले आफ्ना कार्यकर्ता वा जनताका माझ जान अबरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ भनेर प्रश्न गरेका छन् ।

उनले जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्न आग्रह गर्दै आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने बताएका छन् ।

उनले भनेका छन्:
नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अबरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ? अनि यस्तो काम गर्न पाइन्छ कसरी ? आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र ? जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नु पर्यो । उत्तेजना बढाउने काम कसैको हितमा हुदैन ।

Sharing

प्रतिक्रिया दिनुहोस