मंसिर २, काठमाडौं। तीनकुनेमा २०८१ चैत १५ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी प्रदान गरेको छ। उनीलाई सुरक्षण मुद्रण कोषमा कम्प्युटर अधिकृत पदमा करार सेवामा नियुक्त गरिएको हो।

नियुक्तिपत्र कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले एक समारोहका बीच हस्तान्तरण गरेका हुन्। कार्यक्रममा सञ्चारमन्त्री जगदीश खरेल पनि उपस्थित थिए। रोजगारी पाएको क्षणमा सुजन भावुक बनेकी थिइन्।
पत्रकार सुरेश रजक २०८१ चैत १५ मा तीनकुनेमा भएको आन्दोलन कभरेजका क्रममा गम्भीर घाइते बनेका थिए र उपचारका क्रममा उनको मृत्यु भएको थियो।