• २०८३ असार १८ गते बिहिवार

काभा महिला यू-१९ च्याम्पियनसिपमा उपविजेता बन्यो नेपाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २३,काठमाडौं । नेपालले काभा महिला यू-१९ च्याम्पियनसिपमा उपविजेता बनेको छ ।श्रीलंकामा आइतबार भएको फाइनल खेलमा नेपाल किर्गिस्तानसँग पाँच सेटमा ३-२ ले पराजित भएपछि उपविजेता बनेको हो ।

खेलको पहिलो सेट २५-२२ ले जितेको नेपाली टिम दोस्रो सेटमा २५-२० को पराजित भएको थियो । त्यस्तै तेस्रो सेटमा नेपाल २५-२१ ले पराजित भयो भने चौथो सेटमा नेपालले कमब्याक गर्दौ २५-१३ को जित हासिल गरेको थियो ।

पाँचौ तथा अन्तिम सेटमा नेपाल १५-११ को पराजित भएको थियो र नेपालले रजत पदकमा चित्त बुझायो । गत वर्षको च्याम्पियनसिपमा नेपालले कास्य पदक जितेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस