• २०८३ मङ्सिर ३ गते बुधवार

जबरजस्ती करणी गरेको अभियोगमा इलामबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २१, इलाम । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा इलामको चुलाचुली गाउँपालिका-३ मिलन चोक बस्ने २४ वर्षीय बिजु सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको छ ।

बिजुले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस