• २०८३ जेष्ठ ७ गते बिहिवार

एनआईसी एशिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १७ , काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजितकुमार शाक्य नियुक्त भएका छन् । सोमबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई बैंकको नयाँ सीईओ नियुक्त गरेको हो ।

शाक्य नबिल बैंकको सिनियर डेपुटी सीईओको रुपमा कार्यरत रहेका थिए । करिब ३ दशक बैंकिङ करियरमा बिताएका शाक्यलाई ३० दिनभित्र कार्यभार सम्हाल्ने गरी जिम्मेवारी दिइएको बैंकले जनाएको छ ।

शाक्य ललितपुरको पुलचोक निवासी हुन् । उनको कार्यकाल ४ वर्ष रहनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस