• २०८३ असार १७ गते बुधवार

मेक्सिकोमा स्टोरमा आगलागी, २३ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १६ , काठमाडौं । मेक्सिकोको उत्तरपश्चिमी राज्य सोनोराको राजधानी हर्मोसिलोमा रहेको एक स्टोरमा भएको ठूलो आगलागी र विस्फोटमा धेरै बालबालिकासहित कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

उक्त आगलागीमा १२ जना गम्भीर घाइते भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । यो घटना शहरको डाउनटाउन क्षेत्रमा रहेको भाल्डोज स्टोरमा भएको हो । सोनोराका गभर्नर अल्फोन्सो दुराजोले सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा घटनाको पुष्टि गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले यस भयानक दुर्घटनामा प्रियजन गुमाउने सबै परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस