• २०८३ मङ्सिर ४ गते बिहिवार

डिजेल-मट्टीतेलको मुल्य घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १४, काठमाडौं । नेपाल आयल निगमले डिजेल-मट्टीतेलको मुल्य घटाएको छ । भारतबाट पेट्रोलमा ०.०३ रुपैयाँले र डिजेलमा १.१९ रुपैयाँले घटेर आएकोले निगमले शुक्रबार राति १२ बजेपछि लागू हुनेगरी डिजल-मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको जानकारी दिएको छ ।

मुल्य परिवर्तनपछि काठमाडौँमा डिजेल-मट्टीतेल प्रति लिटर १४४ भएको निगमले जनाएको छ ।

त्यस्तै निगमले हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर १ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर ७ डलरले बढाइएको निगमले जनाएको छ ।

Single Image

 

Sharing

प्रतिक्रिया दिनुहोस