• २०८३ जेष्ठ ८ गते शुक्रवार

सुन तोलामा २७ सयले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १४ , काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको २७ सयले बढेर तोलाको २ लाख ३९ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ३६ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८० रुपैयाँले बढेर ३०६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २९८० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस