• २०८३ बैशाख १२ गते शनिवार

तुइन खोलामा अवरुद्ध नारायणगढ- मुग्लिन सडक सुचारु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १४ ,चितवन । नारायणगढ- मुग्लिन सडकखण्डको तुईन खोला पुल नजिकै पहिरोले अवरुद्ध भएको सडक सुचारु भएको छ ।

अहिले ढुंगा झर्ने क्रम रोकिएकाले पहिरो हटाएर सडक सुचारु गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस