• २०८३ बैशाख ७ गते सोमवार

साम्बाको दुई गोलमा भारतविरुद्ध नेपालको जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा भारतलाई पराजित गरेको छ । भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गरको हो ।

नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ ले दुवै गोल गरेकी थिइन् । सावित्राले पहिलो गोल खेलको दोस्रो मिनेटमा र दोस्रो खेल खेलको ६३औं मिनेटमा फ्रीकिकबाट गरेकी थिइन् । त्यस्तै भारतका लागि एक गोल खेलको ८१औं मिनेटमा करिश्मा शिरभोइकरले गरेकी थिइन् ।

यस खेलमा नेपालका लागि यू-१९ खेलाडी मिना देउवाले राष्ट्रिय टिमका लागि डेभ्यु गरेकी छन् । देउवाले खेलको ७८औं मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीबाट डेभ्यु गरेकी हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस