कात्तिक १०, काठमाडौँ । एमाले र एकीकृत समाजवादीका नेताहरुबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ । सोमबार बिहान एमाले नेता महेश बस्नेतले माधवकुमार नेपाललाई माओवादी केन्द्रमा विलय हुनुभन्दा एमालेमै फर्किन आग्रह गरेको पोष्ट फेसबुकमा गरेका थिए ।

नेता बस्नेतलाई काउन्टर दिदै दिदै एकीकृत समाजवादीका युवा नेता सुदेश पराजुलीले माधव नेपाललाई अपराधी र हत्याराको आरोप नलागेको बताउदै माधव नेपाल अहिलेको राजनितिमा सबैभन्दा कम्फर्ट र रिल्याक्स जोनमा रहेको जवाफ दिएका छन् ।
पराजुलीले प्रधानमन्त्री भएकै समय बालुवाटारबाट जनताले लखेटेको, भागेको ईतिहास माधव नेपालको नभएको भन्दै जनताको बहुदलीय जनवाद केपी ओलिले प्रचण्डसँग प्रधानमन्त्रीको कुर्सिसँग साटेको होईन भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्:
महेश बस्नेत र केपि ओलिलाई चुनौती नै सहि । मरेड माधव नेपाल अहिलेको राजनितिमा सबैभन्दा कम्फर्ट र रिल्याक्स जोनमा हुनुहुन्छ हेक्का राख ।
अपराधी र हत्याराको आरोप माधव नेपाललाई छैन् । प्रधानमन्त्री भएकै समय बालुवाटारबाट जनता