• २०८३ जेष्ठ १९ गते मङ्गलवार

सुन तोलाको दुई हजारले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ हजारले घटेर तोलाको २ लाख ३९ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको २ लाख ४१ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर २९८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३०१५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस