• २०८३ बैशाख २१ गते सोमवार

कभा पुरुष भलिबलमा आज नेपाल अफगानिस्तानसँग खेल्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ९ , काठमाडौं । बंगलादेशको मिरपुरमा जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गत आज नेपालले अफगानिस्तानसँग खेल्दैछ । यो खेल आज दिउसो सवा १ बजेदेखि शुरु हुने छ ।

नेपालले यसअघि खेलेका तीन खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यसअघि तुर्किमेनिस्तान र बंगलादेशसँग लगातार हार बेहोरेपछि तेस्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो ।

नेपालले अब अर्को खेल अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस