• २०८३ असोज २६ गते सोमवार

अर्घाखाँचीको छत्रदेवमा फोर्स गाडी दुर्घटना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ८, अर्घाखाँची। अर्घाखाँचीबाट बुटवल आउनेक्रममा फोर्स जिप दुर्घटनामा परेको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका-५ ५ दौरा चौपारीमा दुर्घटना अर्घातोसदेखि बुटवल आउदै गरेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो । फोर्स गाडीको ब्रेक फेल भएपछि बाटो साइडमा गाडी दुर्घटनामा परेको थियो । गाडी पल्टिदा घाइते भएकाको नजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने ड्राइभरलाई चोट लागेको बताइएको छ ।

गाडी पल्टिदा पार्किङ गरेर राखेको ट्याक्सीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस