• २०८३ बैशाख २७ गते आइतवार

बंगलादेशले जित्यो वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ६, काठमाडौं । बंगलादेशले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज २-१ ले जितेको छ । विहिबार सम्पन्न सिरिजको तेस्रो खेलमा १७९ रनको फराकिलो जित हासिल गर्दै बंगलादेशले वेस्ट इन्डिजविरुद्धको सिरिज जितेको हो ।

यस खेलमा बंगलादेशले दिएको २९७ रनको लक्ष्य पछाएको वेस्ट इन्डिज केवल ३०.१ ओभरमा ११७ रनमा अल आउट भएको थियो । वेस्ट इन्डिजका लागि अकील हुसैनले सर्बाधिक २७ रन बनाएका थिए । त्यस्तै बंगलादेशका बलर नासुम अहमद र रिशाद होसैनले ३-३ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाउदै २९६ रन बनाएको थियो । बंगलादेशका लागि सौम्य सरकारले सर्बाधिक ९१ र सैफ हसनले ८० रन बनाए । त्यस्तै वेस्ट इन्डिजका बलर अकील होसैनले सर्बाधिक ४ विकेट लिएका थिए ।

अब दुवै देशबीच ३ खेलको टी-२० सिरिज हुदैछ । सिरिजको पहिलो खेल सोमबार हुने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस