• २०८३ बैशाख २५ गते शुक्रवार

काभा पुरुष भलिबलमा नेपालको लगातार दोस्रो हार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ६, काठमाडौं । बंगलादेशको मिरपुरमा जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गत नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । बिहिबार सम्पन्न खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको हो ।

शुरुका दुई सेट हारेको नेपालले खेलमा कमब्याक गर्दै लगातार दुई सेट जितेको थियो । त्यसपछि भएको फाइनल सेटमा नेपाल १६-१४ ले पराजित भएको थियो ।

यसअघि पहिलो सेटमा बंगलादेश २५-२३ र दोस्रो सेटमा २५-२० ले विजयी भएको थियो । त्यसपछि तेस्रो सेटमा नेपाल २५-२३ र चौथो सेटमा नेपाल २५-१६ ले जितेको थियो ।

यसअघि नेपाल उद्घाटन खेलमा नेपालले तुर्किमेनिस्तानसँग पराजित भएको थियो ।

नेपालले अब अर्को खेल शुक्रबार माल्दिभ्ससँग, अक्टोबर २६ मा अफगानिस्तानसँग, अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस