• २०८३ जेष्ठ २८ गते बिहिवार

रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ५, बुटवल । रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जना युवाको मृत्यु भएको छ । बुधबार गैडहवा गाउँपालिका- ६ सूर्यपुरामा मूर्ति सेलाउने क्रममा मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

दानव र कञ्चन नदी शंगम सूर्यपुरास्थित सन्तेश्वर घाटमा बुधबार दिउँसो मूर्ति सेलाउनेक्रममा उनीहरु बेपत्ता भएको र खोजी गर्दा उनीहरुको शव घाटभन्दा करिब डेढ सय मित्र तल भेटिएको प्रहरीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस