• २०८३ जेष्ठ २५ गते सोमवार

इलाम र प्युठानबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ५, काठमाडौं । इलाम र प्युठानबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-९ धजेडाँडा बस्ने ५२ वर्षीय टेकनाथ कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

टेकनाथले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो ।

त्यस्तै ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठानको मल्लरानी गाउँपालिका-२ कौछे बस्ने ५५ वर्षीय खुमनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ । खुमनाथले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय प्युठान समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस