• २०८३ मङ्सिर ५ गते शुक्रवार

महिला क्रिकेट विश्वकप: दक्षिण अफ्रीकासँग हारसँगै पाकिस्तान सेमिफाइनलको दौडबाट बाहिरियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ५, काठमाडौं । दक्षिण अफ्रिकाले जारी महिला क्रिकेट विश्वकपमा पाकिस्तानमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई डिएलएस मेथड अनुसार १५० रनले पराजित गरेको हो ।

शुरुमा ४०-४० ओभर खेलाइएको खेलमा दक्षिण अफ्रिकाले ९ विकेट गुमाउदै ३१२ रनको विशाल टोटल बनाएको थियो । त्यसपछि बर्षाले प्रभावित खेललाई २० ओभरमा झारेर पाकिस्तानलाई २३४ रनको लक्ष्य दिइएको थियो । जवाफी ब्याटिंग गर्न आएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै केवल ८३ रन मात्र बनाउन सक्यो र दक्षिण अफ्रीका १५० रनले विजयी भयो ।

यस अघिनै सेमिफाइनलमा पुगिसकेको दक्षिण अफ्रीका यो जितपछि ६ खेलमा १० अंकसहित शिर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै पाकिस्तान भने विश्वकपको सेमिफाइनलको दौडबाट बाहिरिएको छ । पाकिस्तानको ६ खेलमा केवल २ अंक रहेको छ र हाल अंक तालिकामा पुछारमा रहेको छ । विश्वकप अन्तर्गत आज अस्ट्रेलिया र इङल्याण्डबीच खेल हुदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस