• २०८३ बैशाख २१ गते सोमवार

विपिनको खोजीमा गएका आमा र बहिनी स्वदेश फर्किए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, काठमाडौं । इजरायल–हमास युद्धका बेला बेपत्ता भएका नेपाली युवक विपिन जोशीका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी स्वदेश फर्किएका छन् । उनीहरू इजरायलमा बन्धक बनाइएका विपिनको खोजीका लागि अमेरिकासम्म पुगेका थिए। तर, केही प्रगति नहुँदा निराश हुँदै कतार एयरवेजको विमानमार्फत नेपाल फर्किएका हुन् ।

विपिन जोशी इजरायल र हमासबीचको युद्ध सुरु भएपछि सम्पर्कविहीन भएका थिए । युद्धविरामपछि हमासले विपिन जीवित नरहेको जानकारी दिएको थियो ।

इजरायललाई उनको शव बुझाइसकेको र पोस्टमार्टम रिपोर्ट अनुसार विपिनको हत्या सन् २०२३ को अन्त्यतिर नै भएको इजरायली मिडियाले उल्लेख गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस