• २०८३ असार ८ गते सोमवार

मधेसमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन दाबी पेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २२, काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कुष्णप्रसाद यादवले दाबी पेश गरेका छन् ।

बुधबार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आह्वान गरेअनुसार तीन राजनीतिक दलको समर्थनमा यादवले आफ्नो दाबी प्रस्तुत गरेका हुन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम २ वा २ भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त सरकारका लागि आह्वान गरेकी थिइन् ।

१०७ सदस्यीय मधेश प्रदेशमा यादवको समर्थनमा ५८ सांसदले हस्ताक्षर गरेका छन् । कांग्रेसको नेतृत्वमा सरकार बनाउन एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना प्रदेश सांसदले समर्थन गरेको दावी पेश गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस