• २०८३ जेष्ठ ३ गते आइतवार

काठमाडौंको भीमसेनस्थाननजिक भीषण आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको छ । नेपाली सेना, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकासहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिनुभयो ।

बिहान करिब ४ बजे सुरु भएको आगलागी अहिले दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको छ । क्षतिको विवरण संकलन हुँदै छ ।

Sharing

प्रतिक्रिया दिनुहोस