• २०८३ असोज १५ गते बिहिवार

सर्पको टोकाइबाट एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, बाजुरा। यहाँको त्रिवेणी नगरपालिका–२ चौसालका एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ ।

स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप प्रमुख कमलाकुमारी जैशीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस