• २०८३ बैशाख १५ गते मङ्गलवार

झलनाथकी पत्नी चित्रकारलाई थप उपचारका लागि भारत लगिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, काठमाडौं । जेनजी आन्दोलनका क्रममा आफ्नै घरमा आगजनीमा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि थप उपचारका लागि भारत लान लागिएको हो ।

पारिवारिक स्रोतका अनुसार चित्रकारलाई भारतको दिल्लीस्थित एपोलो अस्पतालमा लैजान लागिएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौं २४ मा आफ्नै निवासमा भएको तोडफोड र आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकारको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा इन्फेक्स्सन भएपछि बायाँ हात काटिएको छ ।

उनको निमोनिया निको नभएपछि उनलाई भारत लैजान लागिएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस