असोज ४, काठमाडौं । गएरातीदेखि नै अवरुद्ध भएको मुग्लिन-नारायणघाट सडक खण्डमा पहिरो खोल्ने क्रम रोकिएको छैन । मुग्लिन नजिकै तुइन खोला छेउमा हिजो साँझदेखि पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन समय लाग्ने भएको छ ।

सडक डिभिजन भरतपुरले हाल २ वटा लोडर र एउटा एक्स्ट्राभेटर तयारी अवस्थामा राखिएको जानकारी दिदै पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो हटाउन शुरु गर्न नसकेको जानकारी दिएको छ । पहिरो झर्न रोकिएपछि क्रमशः यथाशक्य छिटोभन्दा छिटो आवागमन सूचारू गरिने व्यहोरा सडक डिभिजनले जनाएको छ । प्रहरीले आज सडक खुल्ने सम्भावना कम रहेकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
मुग्लिन-नारायणघाट सडकको पहिरो हटाइदै, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
गएरातीदेखि नै अवरुद्ध भएको मुग्लिन-नारायणघाट सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पुर्वबाट आउने साना सवारीसाधनहरू हेटौंडा-कुलेखानी सडक र पश्चिमबाट आउने सवारीसाधनहरू कालिगण्डकी कोरिडोरको सडक अवस्था हेरेर प्रयोग गर्न सकिने जानकारी दिएको छ ।
पहिरो पन्छाउनको लागि डिभिजनबाट हाल २ वटा लोडर परिचालन भैसकेको र पहिरो झर्न रोकिए छिटोभन्दा छिटो सवारी आवागमन सूचारू गरिने जानकारी कार्यालयले गराएको छ ।