• २०८३ जेष्ठ १६ गते शनिवार

हितेन्द्रदेवले दिए कुलमानलाई बधाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निदेशक हितेन्द्रदेव शाक्यले उर्जामन्त्री कुलमान घिसिङलाई बधाई तथा शुभकामना दिएका छन् । शाक्यले मंगलबार सामाजिक सञ्जालमार्फत कुलमानलाई बधाई दिएका हुन् ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले कुलमानलाई हटाएर हितेन्द्रलाई प्राधिकरणमा कार्यकारी निर्देशक बनाएको थियो । अहिले जेनजी आन्दोलनको जगमा बनेको सरकारमा कुलमान उर्जामन्त्री बनेपछि हितेन्द्रलाई अप्ठयारो परेको विश्लेषण भैरहेका बेला उनले सामाजिक सञ्जाल मार्फत बधाई दिएका हुन् ।

उनले भनेका छन्- उर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयां नेपालको उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाइ छ । सफल कार्यकाल र उत्तरोतर प्रगतिका लागि हार्दिक शुभकामना साथै संपूर्ण उर्जा क्षेत्रकै सफलता सहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु ।

Sharing

प्रतिक्रिया दिनुहोस