• २०८३ बैशाख १५ गते मङ्गलवार

मन्त्रिपरिषद् विस्तार : कुलमान, ओमप्रकाश अर्याल र रामेश्वर खनाल नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बतायो । त्यस्तै रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । अर्याल चर्चित कानुनविद् हुन् । उनी पछिल्लो समय काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानुनी सल्लाहकार थिए ।

यता अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका खनाल पूर्वअर्थसचिव हुन्। उनीहरुको शपथ भने भोलि हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस